मंसिर ३ गते सार्वजनिक बिदा
मंसिर ३ गते सार्वजनिक बिदा
    • बेल संचार

    • २ मंसिर २०७८, बिहीबार

मंसिर ३ गते शुक्रबार सार्वजनिक बिदा दिएको छ । गुरु नानक जयन्तीका अवसरमा सरकारले उक्त दिन बिदा दिएको हो ।

यद्यपि, उक्त बिदा नेपाली सिख धर्मालम्बीहरुलाई मात्र हुनेछ । सरकारले यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गरि उक्त जानकारी गराएको छ ।

मंसिर ३ गते शिख धर्मका प्रवर्तक गुरु नानकको जन्म जयन्ती परेको छ । शिख धर्माबलम्बीहरुले आफ्नो गुरुको जन्म जयन्तीका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने गर्दछन् ।

गुरुको सम्झनामा धर्मका अगुवाईकताहरुले प्रभातफेरी गर्नुका साथै उहाँको विशेष पुजापाठ गर्ने गर्दछन् ।

हरेक बर्ष कात्तिक पूणिर्माका दिन शिख धर्माबलम्बीहरुले गुरु नानकको जन्म जयन्ती मनाउने गरेका छन् । नेपालमा डेढसय बर्ष अघिदेखि शिख समुदाय प्रवेश गरेको बताइएको छ ।

साताकाे चर्चित
सम्बन्धित