मङ्सिर महिनामा कस्तो छ तपाइको भाग्य ? हेर्नुहोस राशिफल !
मङ्सिर महिनामा कस्तो छ तपाइको भाग्य ? हेर्नुहोस राशिफल !
    • बेल संचार

    • २ मंसिर २०७८, बिहीबार

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): यो महिनामा मेष राशिलाई त्यति राम्रो फल मिल्नेछैन । सरकारी निकायको भय रहला । घर परिवारमा झैझमेलाको अवस्था आउला । मध्य महिनाबाट सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । शेयर बजारबाट राम्रो सफलता मिल्नेछ । वैदेशिक कार्यहरू सहजै सम्पादन हुनेछन् । यो महिनाको लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): यो महिनामा प्रेम र मित्रताको बन्धन कसिनुका साथै वैवाहिक र दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । पुँजी बजारबाट पनि राम्रो सफलता मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): मंसिर महिनामा शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । मध्य महिनाबाट बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । आफ्नो विचार विपरित निर्णय हुनेछ । अनावश्यक खर्च पनि बढ्न सक्छ । यो महिनाको लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्ण भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मंसिर महिनामा नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । उपहार र मान् सम्मान पाइनेछ । कला र गलाको प्रभाव बढ्दै जानेछ । रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ । यो महिनाको लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): यो महिनामा मिश्रित फल मिल्नेछ । व्यर्थको हैरानी पनि खेप्नु पर्नेछ । आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । १६ गतेबाट चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्घ हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): यो महिनामा कुनै कुराले मनमा शान्ति छाउनेछ । अधुरा या नयाँ कार्यको थालनी हुनेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । सजिलै अरुको विश्वास जित्न सकिने र लाभ हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । शेयर बजार र व्यापार व्यवसायमा भने औसत लाभ हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग हरियो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो कूल देवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): यो मंसिर महिनामा नयाँ र शुभारम्भको चर्चा चल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । यो महिनाको लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मंसिर महिना तपाईंको लागि समग्रमा सकारात्मक महिना रहेको छ । नयाँ व्यक्ति बिच सामीप्यता बढ्नेछ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । महिनाको उत्तरार्धबाट मानसिक चिन्ता बढ्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । शेयर बजारबाट नोक्सानी पनि हुनसक्छ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग खरानी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): यो महिनामा नाक तथा घाँटीमा समस्या आउला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । मध्य महिनाबाट प्रेम प्रसङ्गमा सफलता मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । भौतिक सम्पत्ति खरिद तथा बिक्रीको योग पनि छ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेँलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): मकर राशिलाई यो महिनामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भने भइँदैन तर महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ । यो महिनाको लागि शुभ अङ्क ४,८ र शुभ रङ्गे कालो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि महालक्ष्मीजीको स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): यो महिनामा शुभकार्यको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । २२ गतेबाट सामाजिक र राजनैतिक कार्यमा बाधा आउनसक्छ । भ्रमण, स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग निलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): यो महिनामा रोकिएका काम पुनः सुरु हुन सक्छन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै वैवाहिक र दाम्पत्य सुखमा रमाउने समय छ । व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । लामो यात्रा सुखद् र सफल हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको समेत योग छ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेँलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

साताकाे चर्चित
सम्बन्धित