नेपाल-भारतमैत्री कार्यक्रम जनवरी दोस्रो साता हुने
नेपाल-भारतमैत्री कार्यक्रम जनवरी दोस्रो साता हुने
    • बेल संचार

    • ४ मंसिर २०७८, शनिबार

काठमाण्डौ – मातृभूमि अभियान प्रदेश २ को आयोजनामा हुन लागेको नेपाल-भारत मैत्री कार्यक्रम जनवरी दोस्रो साता हुने भएको छ ।

मातृभूमि अभियान प्रदेश २ का संयोजक तबरेज आलमका अनुसार नेपाल र भारतका उच्च राजनैतिक नेतृत्वले सहभागीता जनाउने नेपाल-भारतमैत्री कार्यक्रम यसअघि डिसेम्बर २७ मा हुने तय भएको भएपनि कार्यक्रममा सहभागी हुने भारतीय उच्च राजनैतिक टिमले कार्यक्रम सार्न आग्रह गरेपछि कार्यक्रम जनवरी दोस्रो साता सरेको हो ।

कार्यक्रममा भारतीय सत्तारूढ दल बिजेपीका सिनियर नेता बिजय जोली सहितका नेताहरू सहभागी हुँदै छन् भने नेपालबाट पनि उच्च राजनैतिक नेतृत्वले सहभागीता जनाउने जनाइएको छ ।

नेपाल-भारतमैत्री कार्यक्रम देशको आर्थिक राजधानीको रूपमा परिचीत बिरगंज महानगरमा आयोजना हुँदै छ । कार्यक्रममा नेपाल-भारत सम्बन्धमा देखिएका समस्या र तिनको समाधानको बारेमा चर्चा हुने कार्यक्रमको संयोजन गरिरहेका मातृभूमि अभियान प्रदेश २ का संयोजक आलमले बेल सन्चारलाई जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित