राती १० बजेपछि बाजा बजाउन रोक
राती १० बजेपछि बाजा बजाउन रोक

वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र राति १० बजेपछि हुने गरेको ध्वनि प्रदूषण न्यून गर्ने उद्देश्यले चर्काे आवाजमा डिजे, बाजा र ब्यान्डबाजा बजाउनमा रोक लगाइएको छ ।

    • बेल संचार

    • ७ मंसिर २०७८, मंगलवार

वीरगञ्ज

वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र राति १० बजेपछि हुने गरेको ध्वनि प्रदूषण न्यून गर्ने उद्देश्यले चर्काे आवाजमा डिजे, बाजा र ब्यान्डबाजा बजाउनमा रोक लगाइएको छ । विवाह, व्रतबन्धसहित विभिन्न मेला महोत्सवको बहानामा अश्लील गीतसङ्गीत एवम् सडकमा आर्केस्ट्राको नृत्यमा रोक लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत समाजमा हुन सक्ने विकृति–विसङ्गति तथा अश्लील गीतसङ्गीत एवम् सडकमा सो नृत्यमा रोक लगाइएको हो ।

यसैगरी, घण्टाघर नजिकैका धर्मशाला, पार्टी प्यालेस एवम् होेटल बिपीपार्क, माईस्थान आदर्शनगर क्षेत्रका पुरानो बसपार्क र अलखिया मठ, छपकैया विर्ता क्षेत्रकाले बिर्ताबजार एवम् इदगाहा क्षेत्रको खाली ठाउँमा पार्किङ गर्नुपर्ने योजना अघि बढाइएको हो ।

यसैगरी, वीरगञ्जमा सवारी पार्किङ व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सम्बन्धमा धर्मशाला, होटेल, पार्टीप्यालेसले नै सुरक्षा गार्ड राख्ने र सवारीसाधन पार्किङमा व्यवस्थापन गर्न जिम्मेवार हुनुपर्ने गर्ने योजना बनाइएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो ।

गाँजा खेती शून्यमा झार्ने अभियान

पर्सा प्रहरीले पछिल्लो पटक गाउँगाउँमा लगाइएको प्रतिबन्धित गाँजा खेती नष्ट गरी गाँजा खेतीलाई शून्यमा झार्ने अभियान चलाएको छ । गाजाँ खेती निरुत्साहित गर्न गाउँगाउँमा लगाइएको प्रतिबन्धित गाँजा खेती नष्ट गरी गाँजा खेतीलाई शून्यमा झार्ने अभियान चलाएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

पछिल्लो पटक केही दिनअघि जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पर्साको ठोरी गाउँपालिकामा ११ बिघा क्षेत्रफलमा लगाएको अवैध गाँजा खेती नष्ट गरेको थियो । ठोरी गाउँपालिकामा सङ्गठित रुपमा समूहमा गाँजा खेती लगाइएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्साको कमान्डमा खटिएको प्रहरी टोलीले गाँजा फँडानी गरेको हो ।

ठोरी गाउँपालिका–३ को ब्रह्मनगर, रामनगर तथा जङ्गल

साताकाे चर्चित
सम्बन्धित