क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोल, म्यानचेस्टर च्याम्पियन्स लिगको अन्तिम १६ मा
क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोल, म्यानचेस्टर च्याम्पियन्स लिगको अन्तिम १६ मा

 म्यानचेस्टर युनाइटेड यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

    • बेल संचार

    • ८ मंसिर २०७८, बुधबार

काठमाडौँ

 

म्यानचेस्टर युनाइटेड यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

गएरातिको खेलमा युनाइटेडले भिल्लारियललाई २–० गोलले हरायो ।युनाइटेडका क्रिस्टियानो रोनाल्डोले खेलको ७८ औँ मिनेटमा गोल गरे । योसँगै रोनाल्डोले व्यावसायिक खेलमा ८ सय गोलको कीर्तिमान समेत बनाएका छन् ।

त्यस्तै ९० औँ मिनेटमा जाडोन सान्चोले एक गोल थपे । समूह ‘एफ’ को शीर्षस्थानमा रहेको युनाइटेडले पाँच खेलबाट १० अंक जोडेको छ । दोस्रो स्थानमा रहेको भिल्लारियलको समान खेलमा ७ अंक छ ।

समूह ‘एफ’को अर्को खेलमा योङग ब्वाइज र एटलान्टाले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । एटलान्टाको ६ र योङग ब्याइजको ४ अंक छ ।

 

साताकाे चर्चित
सम्बन्धित