प्रचण्डजी हाम्रो पार्टीमा आउनुस् मिलेर काम गरौं : चन्द
प्रचण्डजी हाम्रो पार्टीमा आउनुस् मिलेर काम गरौं : चन्द
    • बेल संचार

    • ९ मंसिर २०७८, बिहीबार

नेत्रविक्रम चन्दले माओवादी केन्द्र र पुष्पकमल दाहालसँग पार्टी एकता हुन लागेको कुरा आत्मरतीमा रमाउन खोज्नेहरूले चलाएको हल्ला मात्रै भएको बताएका छन् । मगर मुक्तिमोर्चाको चौंथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न बुधबार बेनी आएका चन्दले यस्ताे बताएका हुन् ।

बरू उनले दाहाललाई नै आफ्नो पार्टीमा प्रवेश गर्न आह्वान गरेका छन् । उनले भने, ‘पार्टी एकता भनेको नेताहरूको टाउको जोडिने मात्र होइन, जनताको सपना, चाहना र मनको मिलन हुनु हो । कसैको पार्टी ठूलो बनाउन, सरकारमा पुर्‍याउन, सरकार बनाउन र सुखभोग गराउन पार्टी एकता सम्भव छैन । हामी पार्टी एकताको पक्षमा छौं । प्रचण्डजी तपाइँ जनयुद्धको कमाण्डर हुनुभो, अध्यक्ष हुनुभो, प्रधानमन्त्री बन्नुभो, सबै भोग्नुभो कतै सफल बन्नु भएन । अब हाम्रो पार्टीमा आउनुस् मिलेर काम गरौं,’ नेता चन्दले भने ।

यस्तै संसदीय दलहरू जनताको मतमा विश्वास नभएका कारण समानुपातिक प्रणालीको बाटोमा लागेर पैसा असुल्ने धन्धामा लागेको उनको आरोप थियो । उनले यसअघि पनि वर्तमान व्यवस्थाबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गर्दैआएका छन् ।

साताकाे चर्चित
सम्बन्धित