जनगणना आजदेखि औपचारिक रूपमा सकियाे, छुटेकाले ११७८ मा फाेन गर्न सक्ने
जनगणना आजदेखि औपचारिक रूपमा सकियाे, छुटेकाले ११७८ मा फाेन गर्न सक्ने
    • बेल संचार

    • ९ मंसिर २०७८, बिहीबार

काठमाण्डाै – गएको कात्तिक २५ गतेदेखि सुरु भएको राष्ट्रिय जनगणना आज बिहीवारदेखि औपचारिक रूपमा सकिएको छ ।

आजसम्म पनि गणनामा विशेष कारणले सहभागी हुन नपाएकाहरूकाे भने भोलि शुक्रवार पनि गणना गरिने तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । तर भोलि गणना भए पनि आजसम्मकै तथ्याङ्कलाई आधार मानिने उहाँको भनाइ छ ।भोलि गणना गर्दा भोलि नै कसैको परिवारमा कोही जन्मिएका, मृत्यु भएका भए पनि आजसम्मकै तथ्याङ्क लिइने उहाँले बताउनुभयो । भोलिसम्ममा सबै गनेर सकिने उहाँले दाबी गर्नुभयो ।विशेष कारणवश गणनामा सहभागी हुन नपाएको भए ११७८ नम्बरमा फोन गरेर तथ्याङ्क टिपाउन सकिने छ । गएको २५ गतेदेखि गणकहरू नागरिकका घरदैलामा पुगिरहेका छन् । जनगणनाका लागि देशभर आठ हजार पाँच सय सुपरीवेक्षक र ४० हजार गणक कर्मचारी खटाइएका छन् ।

एक गणकले एउटा परिवारसँग २० मिनेटमा प्रश्नावली सोध्ने गरी औसत समयसमेत तय गरिएको थियो ।तथ्याङ्क विभागले गणना  औपचारिक रूपमा सकिएको दाबी गरे पनि कैयौँ व्यक्तिले भने आफूहरूकोमा गणनाका लागि मानिस नआएको भन्दै गुनासो गरेका छन् ।

 

साताकाे चर्चित
सम्बन्धित