काठमाडौँ । हरेक उमेरको महिलाहरुलाई योनीको बाहिरी तथा भित्री भागहरु चिलाउने समस्याले ग्रसित बनाएको हुन्छ । ती भागहरुमा चिलाउन कम नभएसम्म यसले आपत नै पर्छ । महिलाहरु यो समस्याको बारेमा खुलेर बताउन संकोच मान्ने गर्दछन् । सबैका अगाडि कन्याउन अफ्ठ्यारो समेत हुन्छ र नकनाउँदा त्यसले तनाव उत्पन्न गर्छ ।
धेरै कारणले योनी चिलाउने गर्छ । त्यसैले तपाईंको योनी के कारणले चिलाउने गर्छ भन्ने जान्न अति नै आवश्यक हुन्छ । योनीको चिलाई सेक्सुअली ट्रान्समिटेड डिजीज जस्तो खतरनाक पनि हुन सक्छ । त्यसैले यसको सही कारण पत्ता लगाएर समयमै उपचार गराउनु अति नै आवश्यक हुन्छ ।