भारतले संसारकै धनी व्यवसायी एलन मस्कको कम्पनीलाई प्रतिबन्ध लगायो
भारतले संसारकै धनी व्यवसायी एलन मस्कको कम्पनीलाई प्रतिबन्ध लगायो
    • बेल संचार

    • ११ मंसिर २०७८, शनिबार

काठमाडौं। भारत सरकारले शुक्रबार अमेरिकी अर्बपति व्यवसायी एलन मस्कको इन्टरनेट कम्पनी स्टारलिंकका सेवाहरुमाथि प्रतिबन्ध लगाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार केन्द्र सरकारले शुक्रबार बेलुकी एक बयान जारी गर्दै स्टारलिंकलाई नियमहरुको पालना गर्न निर्देशन दिइएको बताएको छ ।

बयानमा उल्लेख भए अनुसार स्टारलिंकलाई भारतका तत्काल लागू हुने गरी इन्टरनेट सेवाहरु बुक गर्ने र सेवा दिन रोक लगाइएको छ । स्टारलिंकले गएको १ नोभेम्बरमा भारतमा आफ्नो पंजीकरण गराएको थियो । त्यसपछि स्टारलिंकले आफ्ना विज्ञापनको प्रसारण एवं सेवाको बुकिङ सुरु गरेको थियो ।स्टारलिंक एलन मस्कको कम्पनी स्पेसएक्सको एक विभाग हो जसले स्याटेलाइट इन्टरनेट उपलब्ध गराउँछ । तर, अहिलेसम्म यो कम्पनीले भारतमा व्यापार गर्नको लागि इजाजत पत्र पाएको छैन ।

 

साताकाे चर्चित
सम्बन्धित