भिम रावल बसेको होटलमा सुरक्षा ब्यबस्था कडा
भिम रावल बसेको होटलमा सुरक्षा ब्यबस्था कडा
    • बेल संचार

    • १२ मंसिर २०७८, आईतवार

चितवन । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावल बसेको होटलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

चितवनमा जारी १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका उनको सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

 

शनिबार राति उनी बसेको होटलमा सशस्त्र प्रहरीको टोली खटाइएको हो। उनीमाथि एमाले कार्यकर्ताहरुबाटै सुरक्षाको खतरा देखेर सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ।

अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा नेतृत्व चयन गर्ने बताइरहेका बेला उनले आफ्नो अडान कायम राखेका छन्। बन्दसत्रको हलले उम्मेदवारहरुको नामावली प्रस्तुत गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय गरेको थियो।

लगत्तै आफ्ना कुरा राखेका रावलले आफूलाई हलको निर्णय मान्य नभएको बताए। जवाफमा ओलीले सहमतिमा नेतृत्व चयन गर्ने प्रस्ताव स्वीकार्य नभए मनोनयन दर्ता गर्न आग्रह गरे।

तर, केका लागि लड्ने हो त्यो चाहिँ अलिकति विचार गर्नुपर्ने ओलीले बताएका थिए ।

साताकाे चर्चित
सम्बन्धित