कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल : पार्टीभित्रको लोकतन्त्र चुनौतीपूर्ण अवस्थामा छ
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल : पार्टीभित्रको लोकतन्त्र चुनौतीपूर्ण अवस्थामा छ

उनले भने, ‘अहिले सत्ताका लागि मात्रै होइन ब्यवस्थाका लागि चिन्ता गर्नुपर्ने अवस्था छ ।’

    • बेल संचार

    • १२ मंसिर २०७८, आईतवार

 काठमाडौं

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दलभित्रको लोकतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् ।

आइतबार ‘कांग्रेसको अबको बाटो, रुपान्तरणको १० सूत्र’ शीर्षकमा दस्तावेज सार्वजनिक गर्दै नेता पौडेलले पार्टीभित्र लोकतन्त्रको रक्षा आफूहरुको मुख्य मुद्दा हुने बताएका छन् ।

अदालतमा सेटिङ हुनु लोकतन्त्रका लागि चुनौती भएको भन्दै उनले संवैधानिक परिषदको निष्पक्षतामा प्रश्न उठ्नु पनि गम्भीर विषय भएको बताए ।

उनले भने, ‘अहिले सत्ताका लागि मात्रै होइन ब्यवस्थाका लागि चिन्ता गर्नुपर्ने अवस्था छ ।’

साताकाे चर्चित
सम्बन्धित