प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्ना
प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्ना
    • बेल संचार

    • १४ मंसिर २०७८, मंगलवार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अस्पताल भर्ना हुनुभएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि जबरा बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना हुनुभएको हो ।

जबरा सोमबार साँझ अस्पताल भर्ना हुनुभएको हो । सोमबार दिउँसो स्वाब परीक्षण गरिएकोमा जबरामा संक्रमण पुष्टि भएको हो । उहाँको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

साताकाे चर्चित
सम्बन्धित