एमाले महाधिवेशन : अन्तिम नामावली सार्वजनिक, यी हुन् बागी उमेदवार
एमाले महाधिवेशन : अन्तिम नामावली सार्वजनिक, यी हुन् बागी उमेदवार
    • बेल संचार

    • १४ मंसिर २०७८, मंगलवार

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

सोमबार राती १० बजेपछि नामावली सार्वजनिक गरिएको हो । नामावली सूचीअनुसार तीन पदाधिकारी पदमा चुनाव हुने भएको छ ।

 

अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्की बागी उम्मेदवार बनेका छन् ।

त्यसैगरी भुगोल विधाको प्रदेश १ अन्तर्गत खुला र महिलामा १/१ जना, सुदूरपश्चिममा महिलातर्फ २ जना, दलितमा खुलातर्फ १ जना, थारू खुलातर्फ १ जना, पिछडिएको क्षेत्र खुलातर्फ १ जना र समग्र खुला क्षेत्रअन्तर्गत खुलातर्फ १ जनाले सर्वसम्मत नेतृत्व चयनमा चुनौती दिएका छन् ।

१० पदमा १२ जनाले उम्मेदवारी दिँदै कमिटी सर्वसम्मत बनाउने वर्तमान अध्यक्ष केपी शर्मा ओलीको प्रयासमा ब्रेक लगाएका छन् ।

यसअघि विधागत गरी प्रारम्भिक नामावलीमा ५० पदमा उम्मेदवारी परेकोमा अन्तिम नामावलीमा १० पदमा उम्मेदवार बाँकी रहेका छन् ।
अरुले फिर्ता लिएका छन्।

नेतृत्वसहित पदाधिकारी चयनका लागि राति २ बजेपछि मतदान सुरु हुनेछ ।
पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपसचिव भने सर्वसम्मत भएको छ । त्यसैगरी भुगोलमा केही प्रदेश, जनवर्गीय संगठन पनि सर्वसम्मत चयन भएको छ ।

 

साताकाे चर्चित
सम्बन्धित