अध्यक्षमा लिङ्देन विजयी, पूर्व राजासंग थापा आक्रोशित
अध्यक्षमा लिङ्देन विजयी, पूर्व राजासंग थापा आक्रोशित
    • बेल संचार

    • १९ मंसिर २०७८, आईतवार

राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई १०० बढी मतले  हराउँदै लिङ्देन विजयी हुनुभएको हो ।

अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिदै  पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाउनुभएको छ ।

उहाले ट्वीट् गर्दै  प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना। भन्नुभएको छ।  प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरूमा आभारी छु।  उहाले सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।हार्दिक शुभ-कामना भन्नुभएको छ।

 

रेखा थापा पराजित, पदाधिकारीमा को–को आए ? राप्रपाको महिला महामन्त्रीमा

साताकाे चर्चित
सम्बन्धित