भ्रष्टाचारको आरोपमा मुद्दा दायर   
     भ्रष्टाचारको आरोपमा मुद्दा दायर   

भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ता विरुद्ध आज विशेष अदालतमा मद्दा दायर गरेको छ ।  

    • बेल संचार

    • २० मंसिर २०७८, सोमबार

काठमाडौँ, 

भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ता विरुद्ध आज विशेष अदालतमा मद्दा दायर गरेको छ ।

आयोगले पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरि दमाइँ, कोषाध्यक्ष खड्गप्रसाद जैसी र सचिव पूर्णिमा शाह सिंह बिरुद्ध रु १८ लाख ७७ हजार बराबरको बिगो भराउन माग गर्दै मुद्दा दायर गरेको हो ।

सोही उपभोक्ता समितिका सदस्य रणबहादुर बडुवाल विरुद्ध रु पाँच लाख ५० हजार र अर्का सदस्य भरतबहादुर बशाही विरुद्ध रु एक लाख ५० हजार, सो वन समूहका उपभोक्ता प्रेमबहादुर सिञ्जापति विरुद्ध पनि रु आठ लाख ८७ हजार बराबरको बिगो भराउन माग गरिएको छ ।

यसैगरी उपभोक्ता हस्तनादेवी शाही विरुद्ध रु एक लाख १५ हजार र अशोक सिंह विरुद्ध रु २५ हजार बराबरको बिगो माग गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।

सेवाग्राहीसँग रु आठ हजार घुस लिएको अभियोगमा वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाडौँमा कार्यरत नायब सुब्बा दुर्गाप्रसाद पोखरेल विरुद्ध पनि आयोगले आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालय परिसरमा रहेको फोटोकपी सञ्चालकसँगको मिलेमतोमा नायब सुब्बा पोखरेलले घुस लिएको आरोप लागेको छ ।

साताकाे चर्चित
सम्बन्धित