बेमौसमी वर्षाबाट पीडित किसानलाई राहतमा सहजीकरण गर्न मन्त्रालयको पत्राचार
बेमौसमी वर्षाबाट पीडित किसानलाई राहतमा सहजीकरण गर्न मन्त्रालयको पत्राचार
    • बेल संचार

    • २१ मंसिर २०७८, मंगलवार

काठमाडौँ । बेमौसमी वर्षाबाट पीडित किसानलाई राहत वितरणमा सहजीकरण गरिदिन सरकारले सबै गाउँपालिका / नगपालिकालाई पत्राचार गरेको छ । धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने मापदण्ड २०७८ स्वीकृत भइ कार्यन्वयनमा रहेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ स्थानीय निकायलाई पत्राचार गरेको हो ।

‘मापदण्डको कार्यान्वयन तथा सोका लागि आवश्यक सहयोग, समन्वय र सहजीकरण गरिदिनुहुन आदेशानुसार अनुरोध छ,’ मन्त्रालयले मंसिर १७ गते सबै गाउँपालिका / नगरपालिकालाई पठाएको पत्रमा उल्लेख छ । धानबाली क्षति भएको करिब डेढ महिनापछि मंसिर २ मा बसेको मन्त्रिपरिषद् बैठकले ‘बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने मापदण्ड– २०७८’ स्वीकृत गरेको थियो ।

साताकाे चर्चित
सम्बन्धित