काठमाडौँ । नेकपा माओवादी केन्द्रले ३२ वटा विभाग गठन गरेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टी स्कुल विभागको जिम्मेवारी आफैसँग राखेर उपप्रमुखमा गिरिराजमणि पोखरेललाई ल्याउनुभएको छ । कृष्णबहादुर महरालाई राष्ट्रिय सुरक्षा विभाग प्रमुख बनाइएको छ ।
अर्थ विभाग प्रमुखमा वर्षमान पुन र उपप्रमुख विन्दमान विष्टलाई जिम्मेवारी दिइएको छ । यस्तै उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख वामदेव क्षेत्री, उपभोक्ता हित आपूर्ति विभागको प्रमुख मात्रिका यादव, कृषि तथा भूमिसुधार विभागको प्रमुख हरिबोल गजुरेल र कोष तथा आर्थिक विभाग प्रमुखमा डोरप्रसाद उपाध्याय चयन हुनुभएको छ ।
३२ वटै विभागले पूर्णता भने पाउन बाँकी छ । अध्यक्ष दाहालले रिक्त पदमा मनोनित गर्नुहुने बताइएको छ ।
यस्तै नीति अनुसन्धान प्रतिष्ठान गठन पनि गरेको छ । प्रतिष्ठानमा प्रमुख र उप्रमुखसहित १५ सदस्य भने नियुक्त गरिएको छैन।