रामचन्द्र पौडेलबिनाको कांग्रेसको अन्तिम बैठक
रामचन्द्र पौडेलबिनाको कांग्रेसको अन्तिम बैठक

नेपाली कांग्रेसको मौजुदा केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ ।

    • बेल संचार

    • २३ मंसिर २०७८, बिहीबार

काठमाडौं

नेपाली कांग्रेसको मौजुदा केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ । १३औँ महाधिवेशनबाट चयन भएको कार्यसमितिको सो बैठकलाई अन्तिम बैठक पनि भनिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवासहितका नेताहरू सहभागी सो बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले भने बहिस्कार गरेका छन् । बैठकले विधान संशोधन गर्ने तयारी गरेपछि पौडलले बहिस्कार गरेको बताइएको छ ।

शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनका विषयमा छलफल गर्न भनेर डाकिएको सो बैठकमा विधान संशोधन प्रस्ताव लैजाने तयारी भएको थियो ।

नेताहरूको व्यवस्थापनका लागि विधान संशोधन गर्न लागिएको चर्चाकाबीच पौडेलले बैठक नै बहिस्कार गरेका हुन् ।

साताकाे चर्चित
सम्बन्धित