महिला हिंसा अन्त्यको लागि घरघरबाटै पहल गर्नुपर्छः मन्त्री झाँक्री
महिला हिंसा अन्त्यको लागि घरघरबाटै पहल गर्नुपर्छः मन्त्री झाँक्री

महिला सुरक्षा दबाब समुहले आयोजना गरेको १६ दिने महिला हिंसाविरुद्धको कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले हिंसा अन्त्यको सुरुवात घरघरबाटै हुनुपर्ने बताइन् । 

    • बेल संचार

    • २३ मंसिर २०७८, बिहीबार

काठमाडौं

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिला हिंसा अन्त्यको लागि घरघरबाटै पहल गर्नुपर्ने बताएकी छन् । महिला सुरक्षा दबाब समुहले आयोजना गरेको १६ दिने महिला हिंसाविरुद्धको कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले हिंसा अन्त्यको सुरुवात घरघरबाटै हुनुपर्ने बताइन् ।

समाज र सामाजिक चिन्तनमा भएको परिवर्तनले हिंसाको तरिका फरक भएपनि वास्तवमै लैगिंक विभेद भने हट्न नसकेको उनकाे भनाइ छ । विगतको महिला आन्दोलनलाई पनि जोड्दै आजको उपलब्धी हिजोको आन्दोलन भएको बताउँदै उनले अबको आन्दोलन जगाउने जिम्मा भावी पुस्ताको भएको बताइन् । साथै मन्त्री झाँक्रीले समाजमा हुने हरेक किसिमका हिंसा अन्त्यका लागि समाज, राज्य र हरेक घर नै सचेत हुनुपर्नेमा पनि जोड दिइन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले महिलामाथि हुने गरेका चरम यातना तथा हिंसाका घटनाहरूलाई निराकरण गर्न सबैलाई आह्वान गरिन् ।

 

 

 

साताकाे चर्चित
सम्बन्धित