पूर्व राजा ज्ञानेन्द्र र हिमानीको फेसबुक र ट्विटर एकाउन्ट नक्कली
पूर्व राजा ज्ञानेन्द्र र हिमानीको फेसबुक र ट्विटर एकाउन्ट नक्कली
    • बेल संचार

    • २४ मंसिर २०७८, शुक्रबार

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहको कुनै पनि प्रकारका सामाजिक सञ्जाल खाता नरहेको बताइएको छ ।

पूर्व राजाको सम्वाद सचिवालयले एक सूचना जारी गर्दै उहाँले कुनै पनि खालका सामाजिक सञ्जाल नचलाउने गरेको प्रष्ट पारेको हो ।

राष्ट्रिय समसामयिक घटनाका सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्वद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु स्वभाविक भएपनि पूर्वराजा शाहले कुनै पनि खालका सामाजिक सञ्जाल नचलाउने गरेको सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा यस्तो निराधार कपोलकल्पित भ्रमजालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्‍याउन समेत अनुरोध गरिएको छ ।

त्यस्तै पूर्व युवराज्ञी हिमानी शाहले पनि सामाजिक सञ्जाल नचलाउने सूचनामा जनाइएको छ ।

साताकाे चर्चित
सम्बन्धित