बिरामी पठाउने जुम्लाले अब देशभर डाक्टर पठाउँछ
बिरामी पठाउने जुम्लाले अब देशभर डाक्टर पठाउँछ

कर्णालीको  जुम्ला भन्नासाथ पिछडिएको ठाउँ,  अशिक्षा  गरिबी   नपढेका मान्छे  बस्ने ठाउँ हो  भन्ने बुझिन्छ । सधैँभरी  खान नपुग्ने र गरिबहरूको ठाउँ भनेर चिनिन्छ । तर, पछिल्लो समय  जुम्लाले  आफ्नो  परिचय  बदल्दै गएको छ ।

    • बेल संचार

    • २६ मंसिर २०७८, आईतवार

जुम्ला

कर्णालीलाई गरिबी, अशिक्षा, रोग र भोगको पर्यायका रुपमा लिने  गरेको पाइन्छ  । कर्णालीको  जुम्ला भन्नासाथ पिछडिएको ठाउँ,  अशिक्षा  गरिबी   नपढेका मान्छे  बस्ने ठाउँ हो  भन्ने बुझिन्छ । सधैँभरी  खान नपुग्ने र गरिबहरूको ठाउँ भनेर चिनिन्छ । तर, पछिल्लो समय  जुम्लाले  आफ्नो  परिचय  बदल्दै गएको छ ।

जसको  उदाहरण हो, जुम्ला खलंगामा अवस्थित  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,  जहाँ सेतोकोट लगाएका मानिस हिँड्ने  गर्दछन् । जुम्लाले अब सेतो हिउँमा सेतै एप्रोनधारी डाक्टर उत्पादन  गर्ने  सपना पूरा गरेको छ ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएसका लागि २० कोटा छुट्याइएकोमा १९ जना भर्ना भएको छन् भने बी फर्ममा २० कोटा निर्धारण भएको ११ जना, बीएनएसतर्फ १६ जना, बीएमएस तर्फ आठ र बीपीएच तर्फ ६ जना विद्यार्थी भर्ना भएका छन् ।

हेलिकोप्टरबाट आइतबार  बिहान ११ः२० बजे जुम्ला आइपुगेकी राष्ट्रपति भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम शुभारम्भ गरेकी छन् ।

योसँगै अब विगतमा डाक्टर खोजीखोजी उपचार गर्ने कर्णालीका नागरिकले सेता एप्रोनधारी डाक्टर रोजी रोजी उपचार गर्ने अवसर पाउने भएका छन् । यसअघि रोगी बिरामी पठाउने जुम्लाले अब देशभर उपचारका लागि डाक्टर पठाउने हैसियदमा आफूलाई उभ्याउने बाटोमा हिँडेको छ ।

साताकाे चर्चित
सम्बन्धित