खोटाङ । खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको प्राङ्गारिक मल उद्योगबाट उत्पादन सुरु भएको छ । रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई आगामी पाँच वर्षभित्र पूर्ण अर्गानिक बनाउन स्थापना गरिएको सो उद्योगबाट गुणस्तरीय प्राङ्गारिक मल उत्पादन थालिएको हो ।
उत्पादित मल अनुदानमा वितरण भइरहेको नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले जानकारी दिए । “पहिलो चरणमा नगरपालिकाभित्रका कृषकलाई अनुदानमा वितरण गर्ने तयारी छ”, उहाँले भन्नुभयो, “अगामी दिनमा नगरपालिकाकै अगुवाइमा डिलरमार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाइनेछ ।”