पदाधिकारी टुंगो लगाउन बाँकी ,माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटी चयन
पदाधिकारी टुंगो लगाउन बाँकी ,माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटी चयन

। प्रदेश राजधानी भालुवाङमा शनिबार र आइतवार भएको प्रदेश सम्मेलनबाट २१७ सदस्यीय समिति निर्विरोध भएको हो ।

    • बेल संचार

    • २७ मंसिर २०७८, सोमबार

दाङ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले २ सय १७ सदस्यीय नयाँ प्रदेश कमिटी चयन गरेको छ । प्रदेश राजधानी भालुवाङमा शनिबार र आइतवार भएको प्रदेश सम्मेलनबाट २१७ सदस्यीय समिति निर्विरोध भएको हो ।

प्रदेश कमिटी चयन गरेपनि सम्मेलनबाट पदाधिकारी भने चयन भएको छैन । माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन गौतमले प्रदेश समितिको आजको बैठकले नै पदाधिकारी टुंगो लगाउने बताए । ‘पदाधिकारी टुंगो लगाउन आज बैठक बस्दैछ’ उनले भने, ‘सम्भवतः निर्विरोध पदाधिकारी टुंग्याउने प्रयास भइरहेको छ ।’कुल २५३ प्रदेश समितिमा बाँकी रहेका सदस्यहरू प्रदेश कमिटीले मनोनयन गर्ने उनले बताए ।

साताकाे चर्चित
सम्बन्धित