३ हजार ७७ मत गणना : १४ सय ६५ मतकासाथ देउवा अगाडि, कोइरालाले पछ्याउँदै
३ हजार ७७ मत गणना : १४ सय ६५ मतकासाथ देउवा अगाडि, कोइरालाले पछ्याउँदै
    • बेल संचार

    • २८ मंसिर २०७८, मंगलवार

नेपाली कांग्रेसको सभापतिका लागि मतगणना चलिरहेको छ ।

अहिलेसम्म ३ हजार ७७ मत गनिएको छ । सुरुदेखि नै अग्रता लिइरहेका शेरबहादुर देउवाले १४ सय ६५ मत ल्याउनुभएको छ ।

डा.शेखर कोइरालाले ११ सय ३१ मत पाउनुभएको छ । प्रकाशमान सिंहले २५०, विमलेन्द्र निधिले १७३ र कल्याण गुरुङले १२ मत प्राप्त गर्नुभएको छ ।

४ हजार ६७९ मत खसेकोमा विजयी हुन २ हजार ३ सय ४० मत चाहिन्छ । कुनै पनि उम्मेदवारले बहुमत नल्याए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

साताकाे चर्चित
सम्बन्धित