कांग्रेस सभापतिमा देउवा निर्वाचित भएपछि कार्यकर्ताहरूले मनाए खुसीयाली
कांग्रेस सभापतिमा देउवा निर्वाचित भएपछि कार्यकर्ताहरूले मनाए खुसीयाली
    • बेल संचार

    • २९ मंसिर २०७८, बुधबार

नेपाली कांग्रेसको सभापतिमा शेर बहादुर देउवा विजयी भएपछि कार्यकर्ताहरूले खुसीयाली मनाएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा विजयी भएका छन् ।

कुल ४ हजार ५ सय ७४ मत खसेकोमा देउवाले २ हजार ७२४ र कोइरालाले १ हजार ८१७ मत प्राप्त गरे ।

सभापतिमा देउवा विजयी भएसँगै भृकुटीमण्डपमा कार्यकर्ताहरूले खुसीयाली मनाएका छन् ।

सोमवारको मतदानमा देउवाले २ हजार २ सय ५८ मत प्राप्त गरेका थिए भने कोइरालाले १ हजार ७ सय ३ मत प्राप्त गरेका थिए । सोमवार भने ४ हजार ६८१ मत खसेको थियो ।

सोमवार भएको पहिलो चरणको मतदानमा स्पष्ट बहुमत आउन नसकेपछि मंगलवार दोस्रो चरणको मतदान भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित