नेपालद्वारा श्रीलंका पराजित
नेपालद्वारा श्रीलंका पराजित
    • बेल संचार

    • २९ मंसिर २०७८, बुधबार

काठमाडौं । साफ यू-१९ (उन्नाइस वर्षमुनि) महिला फुटबल च्याम्पियनसिपअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपालले श्रीलङ्कालाई ६-० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

नेपालको जितमा रश्मीकुमारी घिसिङले दुई गोल गरिन् भने सविता रानामगर, मेनुकाकुमारी आलेमगर, सलोनी राना मगर र रजनी थोकरले एक एक गोल गरे ।

 

यस जितसँगै जारी च्याम्पियनसिपमा नेपालले पहिलो जित दर्ता गराएको छ । नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो । नेपालले दुई खेलबाट चार अङ्क जोडेको छ ।

विभिन्न पाँच राष्ट्र सहभागी उक्त प्रतियोगितामा सिङ्गल राउण्ड रोविनका आधारमा खेल भइरहेको छ । लिगपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, भुटान, भारत र श्रीलङ्का रहेका छन् । उक्त प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा भुटानको सामना गर्नेछ । खेल आगामी पुस २ गते हुनेछ ।

 

साताकाे चर्चित
सम्बन्धित