ससस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका ११ अधिकृतलाई दज्र्यानी चिन्ह्र
ससस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका ११ अधिकृतलाई दज्र्यानी चिन्ह्र
    • बेल संचार

    • २९ मंसिर २०७८, बुधबार

सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका ११ अधिकृतलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उनीहरुलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन ।

गृहमन्त्रीस्तरको यही मङ्सिर १३ को निणर्यले ११ जना प्रहरी उपरीक्षक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा भएका थिए । सोही क्रममा गृहसचिवस्तरको यही १९ गतेको निणर्यले एक जना सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका अधिकृतलाई समेत आजै दज्र्यानी चिह्न प्रदान गरिएको थियो ।

 

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले पदोन्नति वृत्तिविकासको महत्वपूर्ण पाटोका रूपमा रहेको चर्चा गर्दै उनीहरुले राज्य र सङ्गठनमा पुर्‍याएको योगदानको प्रशंसा गरे । उनले बढुवा भएका अधिकृतलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पदोन्नतिसँगै प्राप्त भएको उत्तरदायित्व तथा जिम्मेवारी पूरा गर्न पूणर्व्यावसायिक हुन निर्देशन दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीले व्यक्तिगत स्वार्थलाई थाँती राख्दै सामूहिक भावनाका साथ राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रमा क्रियाशील रहनुपर्ने बताए । राष्ट्रको सुरक्षा, जनताको सेवामा कटिबद्ध रहँदै फौजी संस्कारमा रहेर आफू मातहतकालाई समेत मार्गदर्शन गर्दै नागरिकको मन जित्ने गरी कार्यक्षेत्रमा क्रियाशील रहन पनि उनले निर्देशन दिए ।

साताकाे चर्चित
सम्बन्धित