गगनलाई २१६४ मत, विश्वप्रकाशलाई १३२८, ३३ सय मत गन्दा
गगनलाई २१६४ मत, विश्वप्रकाशलाई १३२८, ३३ सय मत गन्दा

३२० मत गणनामा गगनले २१६४ मत पाएका छन्। दोस्रो स्थानमा विश्वप्रकाश शर्मा छन्। उनले १३२८ मत पाएका छन्।

    • बेल संचार

    • १ पुष २०७८, बिहीबार

नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ।  अहिलेसम्मको मत परिणाममा दुई युवा उम्मेदवार गगन थापा र विश्वप्रकाश शर्मा जिततर्फ अग्रसर भएका छन्।

३३२० मत गणनामा गगनले २१६४ मत पाएका छन्। दोस्रो स्थानमा विश्वप्रकाश शर्मा छन्। उनले १३२८ मत पाएका छन्।

यस्तै प्रकाशशरण महतले १०९२ मत पाएका छन्।

प्रदीप पौडेलले ९९९ मतसहित महतलाई पछ्याइरहेका छन्।

यस्तै महामन्त्री अन्य उम्मेदवार मिनेन्द्र रिजाल र राजाराम कार्की धेरै पछि परेका छन्। रिजालले ५८८ मत पाउँदा कार्कीले ७६ मत पाएका छन्।

नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः
३३२० मतगणनामा

गगन कुमार थापा २१६४

विश्व प्रकाश शर्मा १३२८

प्रकाश शरण महत १०९२

प्रदिप पौडेल ९९९

मिनेन्द्र रिजाल ५८८

राजाराम कार्की ७६

कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ।

सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन्।

यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन्।

यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ। सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन्।

साताकाे चर्चित
सम्बन्धित