पछिल्लो २४ घण्टामा थप १८४ मा सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप १८४ मा सङ्क्रमण पुष्टि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा ११ हजार १८ जनामा कोरोना परीक्षण गर्दा १८४ मा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

    • बेल संचार

    • १ पुष २०७८, बिहीबार

काठमाडौँ

पछिल्लो २४ घण्टामा थप १८४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा ११ हजार १८ जनामा कोरोना परीक्षण गर्दा १८४ मा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यससँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा पाँच हजार ५२६ पुगेको छ ।

पछिल्लो समय थप २६७ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख आठ हजार ८३ पुगेको छ । निको हुने दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पाँच सयभन्दा बढी सङ्क्रमण भएको जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् । दुई सय भन्दा बढी सङ्क्रमित भएका जिल्लाहरूमा सुनसरी, भक्तपुर, कास्की, बाँके र कैलाली रहेका छन् ।

यस्तै शून्य सङ्क्रमित भएका जिल्ला मनाङ, डोल्पा, हुम्ला र बाजुरा रहेका छन् । नेपालमा सङ्क्रमण दर १७.४ प्रतिशत रहेको छ । हाल होमआइसोलेशनमा पाँच हजार २४७, संस्थागत आइसोलेशनमा २७९ आइसीयूमा १११ र भेन्टिलेटरमा २८ जनाको उपचार हुँदैछ ।

कोरोनाबाट दुई जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट आज थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५६७ पुगेको छ । त्यसैगरी पछिल्लो समय दुई लाख ४० हजार ५६४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड १७ लाख सात हजार १३४ जनाले र पूर्ण मात्रा ९४ लाख ६८ हजार ४८९ जनाले खोप लगाएका छन् ।

साताकाे चर्चित
सम्बन्धित