नेपाली कांग्रेसकाे सहमहामन्त्री पदमा देउवाकाे २ र काेइराला १ सिट
नेपाली कांग्रेसकाे सहमहामन्त्री पदमा देउवाकाे २ र काेइराला १ सिट
    • बेल संचार

    • २ पुष २०७८, शुक्रबार

कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बिहीबार सहमहामन्त्री पदको मतगणना भएको छ । निर्वाचन समितिको अनुसार महिला, दलित र आदिवासी जनजातितर्फको सहमहामन्त्री पदको मतगणना सम्पन्न भएको हो ।

महिलातर्फ शेरबहादुर देउवा समुहकी डिना उपाध्याय २५ सय ३३ मत ल्याएर विजयी भएकी हुन् । उनको प्रतिस्पर्धी शेखर कोइराला समुहकी कमला पन्तले २१ सय ५ मत प्राप्त गरेकी छन् । दलिततर्फ भने कोइराला समुहका जीवन परियार विजयी भएका छन् ।

 

देउवा समुहका मानबहादुर विश्वकर्मालाई उनले पराति गरेका हुन् । जम्मा ४६४७ मत खसेकोमा परियारले २२१२ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी विश्वकर्माले २१७५ मत ल्याए । जनजातितर्फ प्यानल शेखरका विकास लामालाई देउवा प्यानलका भीष्मराज आङ्देम्बले पराजित गर्दै सहमहामन्त्री बनेका हुन् ।

जम्मा ४६८१ मत खसेकोमा आङ्दाङ्वेले २७११ मत ल्याए । उनका प्रतिद्वन्द्वी लामाले १९१३ मत ल्याए ।

निर्वाचन समितिले अरु ५ सहमहामन्त्रीको मतगणना भने शुक्रबार गर्ने जानकारी दिएको छ ।

कांग्रेसको विधान अनुसार सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठसहित १३४ सदस्य महाधिवेशनबाट निर्वाचित हुनेछन् ।

 

साताकाे चर्चित
सम्बन्धित