दलित तर्फ काेइराला पक्षका परियार विजयी
दलित तर्फ काेइराला पक्षका परियार विजयी
    • बेल संचार

    • २ पुष २०७८, शुक्रबार

काठमाडौं । दलिततर्फ शेखर कोइराला पक्षका जीवन परियार सहमहामन्त्रीमा विजयी भएका छन् । उनले शेरबहादुर देउवा समुहका मानबहादुर विश्वकर्मालाई पराजित गरेका हुन् ।निर्वाचन समितिको अनुसार महिला, दलित र आदिवासी जनजातितर्फको सहमहामन्त्री पदको मतगणना सम्पन्न भएको हो ।

४६४७ मत खसेकोमा परियारले २२१२ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी विश्वकर्माले २१७५ मत ल्याए । समितिले अरु ५ सहमहामन्त्रीको मतगणना भने शुक्रबार गर्ने जानकारी दिएको छ ।

 

कांग्रेसको विधान अनुसार सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठसहित १३४ सदस्य महाधिवेशनबाट निर्वाचित हुनेछन् ।

साताकाे चर्चित
सम्बन्धित