हुम्लाका चार विद्यालयका विद्यार्थीलाई सिकाइयो योग, आयुर्वेदबारे दिइयो जानकारी
हुम्लाका चार विद्यालयका विद्यार्थीलाई सिकाइयो योग, आयुर्वेदबारे दिइयो जानकारी
    • बेल संचार

    • २ पुष २०७८, शुक्रबार

आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाले उपचार विधिप्रति आकर्षण बढ्दै गएको बेला हुम्लाका चारओटा  विद्यालयमा अध्यनरत विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षाका बारेमा जानकारी दिइएको छ ।

सात गाउँपालिका रहेको हुम्ला जिल्लाका दुईवटा गाउँपालिकाका चारवटा विद्यालयमा पुगेर आयुर्वेद तथा योग शिक्षाको बारेमा जानकारी दिइएको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख कृष्ण चन्द्र जोशीले बताए ।

 

आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख जोशीका अनुसार सेवाग्राहीहरुमा यो उपचार विधिमा आकर्षण बढ्दै गएको र विद्यालयस्तरमा पनि विद्यार्थीलाई जानकारी गराउनका लागि कार्यक्रम सञ्चालन गरिएको बताए ।

खार्पुनाथ गाउँपालिकाका मान्धारा र मालिका मावि तथा सर्केगार्ड गाउँपालिकाका लालिगुराँस र सर्केगार्ड मावि रहेका विद्यालयहरुमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सञ्चालन गरिएको र चार विद्यालयका कक्षा आठदेखि दशसम्मका २४९ जना विद्यार्थी लाभान्वित भएको उनले बताए ।

आयुर्वेद तथा योग शिक्षा कार्यक्रममा विद्यार्थीहरुलाई आयुर्वेदको परिचय, महत्व, फाइदा, आयुर्वेद औषधिको बारेमा जानकारी, योग शिक्षा, जडिवुटीबारेमा जानकारी, दिनचर्या र रात्रीचर्या, ऋतुचर्या, आहार शैली र आयुर्वेदीय जीवनशैली तथा जडीबुटीको बारेमा जानकारी गराइएको हो ।

आयुर्वेदप्रतिको विश्वास जगाउने र प्रभावकारी बनाउने उद्देश्यले यस्ता कार्यक्रम कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको कार्यक्रम अनुसार केन्द्रले जिल्लाका विद्यालयमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।

विद्यार्थीमार्फत घरपरिवारका सदस्यलाई जानकारी गराउन सहज हुने भएको कारण पनि कार्यक्रम बालबालिकाले विभिन्न सन्देश तथा अभियान सञ्चालन गर्दा प्रभावकारी हुने भएका कारण पहिला बालबालिकालाई नै आयुर्वेद र योग शिक्षा जरुरी भएको मान्धारा माविका प्रधानाध्यापक दिल बहादुर शाहीले बताए ।

साताकाे चर्चित
सम्बन्धित