मेष–यो महिनामा काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्राविधिक र टेक्निकल कार्यमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सामाजिक कार्यमा विशेष रुचि रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ हुनेछ । महिनाको अन्त्यमा अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला । नाक तथा घाँटीमा समस्या पनि आउला । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
वृष–पुष महिनामा सोचेको जस्तो सफलता अलि मिल्ने छैन । पुँजी बजारको लगानी पनि नोक्सानी हुन सक्छ । नयाँ कार्यको योजना भने बन्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनुका साथै नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छन् । व्यापार व्यवसायबाट भने त्यति लाभ हुनेछैन । यो महिनाको लागि शुभ अङ्क २,९ र शुभ रङ्ग गुलाबी वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मिथुन–यो महिनामा सामाजिक कार्य गरेर जनताको गतिलो समर्थन र लोकप्रियता आर्जन गर्न सकिनेछ । विचार र बौद्धिक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू विस्तारै अघि बढ्न सक्छ । प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय छ । प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग पर्पल वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा घरबाट बाहिर निस्कनु अघि भैरवजीको दर्शन गरि आरम्भ गर्दा राम्रो हुनेछ ।
कर्कट–यो महिनामा मिश्रित फल मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । २२ गतेबाट स्वास्थ्य प्रति सजग रहनु उचित हुने देखिन्छ । कमजोरी बाहिर आउनाले जागिरमा समस्या पर्न सक्छ । आत्मबल बढाएर काम गरेमा असफल चैं भइँदैन । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्गे पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा घरबाट बाहिर निस्कनु अघि दुर्गाजीको स्मरण गरि कार्य गर्नाले राम्रो हुन्छ ।
सिंह–पुष महिना समग्रमा सकारात्मक नै रहेको छ । सुखद् यात्राका अवसर प्राप्त हुनेछन् । इनाम र प्रतिष्ठा कमाउने बेला छ । गरेको कार्यमा सफलता पाइनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शेयर बजारमा लगानीको अवसर मिल्नेछ । आर्थिक उन्नतिका साथै परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । आफन्तजनबाट भने सजग रहनु नै उचित हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,८ र शुभ रङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कन्या–यो महिनामा महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । झन्झटिलो काममा संलग्न हुनुपर्ने र आर्थिक नोक्सानी होला । पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । मध्य महिनामा मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो महिनाको लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग निलो वा गुलाबी हो । शुभकर्म गर्नु पूर्व बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।
वृश्चिक–यो महिनामा काम देखाएर अरुको मन जित्न सकिनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । सफल सुखद् यात्राका अवसर प्राप्त हुनेछन् । व्यवसायका क्रममा नयाँ योजना र सहकार्यको योग छ । महिनाको अन्त्यमा आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । रुघाखोकीको समस्या बढ्ला । आर्थिक समस्याले पनि सताउला । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
तुला–यो पुष महिनामा लक्ष्मी प्राप्तिको राम्रो योग रहेको छ । प्रतिस्पर्धाहरूमा उत्तीर्ण हुन सकिनेछ । टाडिएका परिवारजनसँग भेटघाट हुनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । सामाजिक र राजनैतिक कार्यबाट सफलता मिल्ने योग पनि छ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग गुलाबी वा घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
धनु–पुष महिनामा जोशजाँगर र हिम्मत बढ्ला । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । पारिवारिक सम्बन्ध कसिलो हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वाहन लाभ हुने समय आएको छ । प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ । स्वास्थ्य क्षेत्र चैं निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । यो महिनाको लागि शुभ अङ्क ३,,९ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
मकर–यो महिनामा तपाईंको राशिबाट बाह्रौं भावमा सूर्यले भ्रमण गर्नाले आर्थिक समस्याले सताउन सक्छ । चोटपटक तथा स्वास्थ्यमा समस्या आउन सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । २० गतेबाट घुमफिर र भ्रमणको योग रहेको छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । शेयर बजारले पनि साथ दिनेछ । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग हल्का पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा कतै निस्कनु अघि हनुमानजीको स्मरण गरि कार्य आरम्भ गर्दा बढी राम्रो हुनेछ ।
कुम्भ–यो महिनामा तपाईंको राशिबाट दसौं भावमा सूर्यले भ्रमण गर्नाले राम्रो फल मिल्नेछ । नयाँ कार्य प्राप्तिको योग छ । मित्र जनको साथ सहयोग मिल्नुका साथै आम्दानीका स्रोत बढ्ने छन् । धर्मकर्म तथा समाजसेवामा मन लाग्ला । महिनाको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ । वैदेशिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च पनि हुनेछ । यो महिनाको लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग खैरो वा फुस्रो हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो कूल देवताको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
मिन–पुष महिनामा रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । कला र मनोरञ्जनमा अभिरुचि बढ्नेछ । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । अकस्मात् धन सम्पत्ति हात पर्न सक्छ । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग छ । पुँजी बजारमा लगानीको अवसर पनि छ । यो महिनाको लागि शुभ अङ्क २,९ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा घरबाट बाहिर निस्कनु अघि भगवान श्रीकृष्णजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।