देउवा भेट्न बालुवाटार पुगे ‘प्रचण्ड’
देउवा भेट्न बालुवाटार पुगे ‘प्रचण्ड’
    • बेल संचार

    • २ पुष २०७८, शुक्रबार

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ ले प्रधानमन्त्री तथा नवनिर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । देउवा भेट्न शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रचण्ड पुगेका हुन् । उनले सभापतिमा निर्वाचित भएको देउवालाई बधाई तथा शुभकामना दिएका छन् ।

साथै वर्तमान राजनीतिक परिस्थितिसहित गठबन्धनको आगामी रणनीतिबारे पनि उनीहरूबीच छलफल भएको छ । संसदमा देखिएको राजनीतिक गतिरोध अन्त्यका विषयमा पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल भएको छ ।

साताकाे चर्चित
सम्बन्धित