अध्यागमन विभागको निर्णयमा सीसीएमसीको हस्तक्षेप, २४ घण्टा नबित्दै निर्णय स्थगित
अध्यागमन विभागको निर्णयमा सीसीएमसीको हस्तक्षेप, २४ घण्टा नबित्दै निर्णय स्थगित
    • बेल संचार

    • ४ पुष २०७८, आईतवार

शुक्रबार अध्यागमन विभागले कोभिड ओमिक्रोनको खतरा रहेका ६७ देशबाट यात्रा गर्नेलाई आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टिनमा र अर्को ७ दिन होम क्वारेन्टिनमा बस्न आदेश दिएको थियो ।

तर त्यसको २४ घण्टा नपुग्दै उक्त निर्णय स्थगित भएको छ । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले हस्तक्षेप गरेर निर्णय स्थगित गराएको हो । सीसीएमसीको क्षेत्राधिकार रहेको विषयमा अध्यागमन विभागले गरेको निर्णय तत्काल रोकिएको छ ।

स्वास्थ्य मन्त्रालयबाट पाएको विवरणका आधारमा विभागले निकालेको देशहरूको सूचीबारे विदेशमा रहेका नेपालीहरूले असन्तुष्टि जनाएका थिए  ।

अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले सीसीएमसीको तर्फबाट सूचीमा राखेका देशहरूको बारेमा थप छलफल गर्नुपर्ने बताएका कारण सो आदेश तत्कालका लागि रोकिएको बताउनुभयो ।  यसबारे सीसीएमसीले पछि अर्को सूचना प्रकाशन गर्ने उहाँले बताउनुभयो । अध्यागमन विभागले कुन छलफलबाट र कुन तहको निर्णयबाट सो सूचना जारी ग¥यो भन्ने आधार केही नभएकोले निर्णय स्थगित गराइएको सीसीएमसी स्रोतले बताएको छ ।

अध्यागमन विभागले भने गत मङ्सिर १३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय र स्वास्थ्य मन्त्रालयले दिएको विवरणका आधारमा सो सूचना जारी गरेको प्रष्ट पारेको छ । मन्त्रिपरिषद्को बैठकले विभिन्न ९ वटा देशबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो । त्यसबारे पनि विभागले यसअघि नै सूचना जारी गरेको थियो ।

साताकाे चर्चित
सम्बन्धित