प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो चार बजे सर्वदलीय बैठकमा बोलाए
प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो चार बजे सर्वदलीय बैठकमा बोलाए

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। संसद्को जारी गतिरोध अन्त्यलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।

    • बेल संचार

    • ४ पुष २०७८, आईतवार

प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो चार बजे सर्वदलीय बैठकमा बोलाएका छन्।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। संसद्को जारी गतिरोध अन्त्यलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण लामो समयदेखि संसद अघि बढ्न सकेको छैन।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी. जनमोर्चा नेपाल, राप्रपालगायत संसदमा प्रतिनिधित्व गर्ने दललाई बोलाइएको छ।

साताकाे चर्चित
सम्बन्धित