जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नागरिकता नभएकालाई पनि मतदानमा सहभागी गर्न माग गरेका छन् । अध्यक्ष यादवले हाल निर्वाचन आयोगले गरिरहेको मतदाता नामावली संकलन क्रममा नागरिकता नपाएकाहरूलाई नसेमेटको भन्दै तीव्र असन्तुष्टि जनाएका हुन् ।
निर्वाचन प्रक्रियामा भाग लिन पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै अध्यक्ष यादवले नागरिकता प्रमाणपत्र बनाउनु र नागरिक हुनु फरक विषय भएको दाबी गरेका छन् ।
‘निरंकुश पञ्चायतकाल र राजाको शासनकालमा पनि यस्तो व्यवस्था थिएन’, यादवले प्रश्न गरेका छन्, ‘नागरिकताको प्रमाणपत्र दिनुपर्ने दायित्व राज्यको हो, राज्यले आफ्नो जिम्मेवारी पूरा नगरेको तर त्यसको सजाय जनताले भोग्नुपर्ने, यो कस्तो न्याय हो ?’ सबै नेपाली नागरिकको नाम मतदाता नामावलीमा सामेल गरिनुपर्ने उनको माग छ ।-File Photo