विदेशी गुहारेर सडकमा अस्थिरता खडा गर्दैमा राजसंस्था फर्कन्नः पूर्वअध्यक्ष कमल थापा
विदेशी गुहारेर सडकमा अस्थिरता खडा गर्दैमा राजसंस्था फर्कन्नः पूर्वअध्यक्ष कमल थापा

राप्रपाका पूर्वअध्यक्ष कमल थापाले सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने निर्मल निवासको सोचाई गलत र प्रत्युत्पादक भएको बताएका छन्। 

    • बेल संचार

    • ४ पुष २०७८, आईतवार

राप्रपाका पूर्वअध्यक्ष कमल थापाले सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने निर्मल निवासको सोचाई गलत र प्रत्युत्पादक भएको बताएका छन्।

राजसंस्था पुनःस्थापनाको लागि राजनीतिक दल र आम जनताको विश्वास हुनुपर्ने भन्दै थापाले अहिले निर्मल निवासबाट भइरहेका गतिविधि त्यसका लागि सहयोगी नरहेको जिकिर गरेका छन्

राजनीतिक दल र आम जनताको विश्वास नै राजसंस्था पुन:स्थापनाको एक मात्र बाटो हो। विदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरू विरूद्ध घृणा फैलाएर राजसंस्था फर्कँदैन’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने ‘निर्मल निवास’ को सोचाई गलत र प्रत्युत्पादक छ।’

 

साताकाे चर्चित
सम्बन्धित