कप्तान बनेपछि सन्दीपले भने : राष्ट्रिय टीम सबैका लागि खुला छ
कप्तान बनेपछि सन्दीपले भने : राष्ट्रिय टीम सबैका लागि खुला छ

नेपाल क्रिकेट संघ (क्यान)ले कप्तानमा नियुक्त गरेपछि आइतबार फेसबुकमा उनले टीममा सबैका लागि ढोका खुला रहेको बताएका हुन् ।

    • बेल संचार

    • ४ पुष २०७८, आईतवार

काठमाडौं

राष्ट्रिय क्रिकेट टीमका नवनियुक्त कप्तान सन्दीप लामिछानेले राष्ट्रिय टीममा सबैका लागि ढोका खुला रहेको बताएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले कप्तानमा नियुक्त गरेपछि आइतबार फेसबुकमा उनले टीममा सबैका लागि ढोका खुला रहेको बताएका हुन् । क्यानले राष्ट्रिय टीमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई हटाउँदै सन्दीपलाई कप्तानको जिम्मा दिएको छ ।सन्दीपले भनेका छन् ‘एउटा टीमको रुपमा हाम्रो योजना सामान्य छ, क्रिकेटको अन्तर्राष्ट्रिय रोडम्यापमा नेपालको प्रभावकारी उपस्थिति देखाउने, त्यसका लागि हामीले एउटा परिवार, एउटै टीम र युनिटजस्तो गरी खेल्नुपर्छ ।’

साताकाे चर्चित
सम्बन्धित