मुलुकभर चिसो बढ्दै, काठमाडौंको तापक्रम ३ डिग्रीमा झर्‍यो
मुलुकभर चिसो बढ्दै, काठमाडौंको तापक्रम ३ डिग्रीमा झर्‍यो

देशमा उल्लेख्यनीय मौसम प्रणाली नभए पनि बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाकएको छ।

    • बेल संचार

    • ५ पुष २०७८, सोमबार

DCIM101MEDIADJI_0264.JPG

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार मुलुकको पहाडी भू-भागमा आंशिक  बदली  रही  बाँकि भू-भागको मौसम सफा रहनेछ।

देशमा उल्लेख्यनीय मौसम प्रणाली नभए पनि बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाकएको छ। आज राती देशभरि आंशिक बदली रहनेछ।

तराईका भू-भागहरुममा बिहानको समयमा हुसु/कुहिरो लाग्नुका साथै देशभर  चिसो बढ्ने क्रममा रहेको विभागले जनाएको छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

सोमबारबार काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ।

काठमाडौंसँगै देशका अन्य ठाउँमा पनि चिसो बढेको छ। सोमबार बिहान जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री पुगेको छ। यस्तै जोमसोम र जिरीको तापक्रम माइनस २.७ डिग्री पुगेको छ।

साताकाे चर्चित
सम्बन्धित