लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) ले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी( को पक्षमा उभिने निर्णय गरेको छ । एमसीसी संसदबाट पास गर्ने विषयमा विवाद जारी रहँदा लोसपाको संसदीय दलको बैठकले संसदमा त्यसको पक्षमा उभिने निर्णय गरको हो ।
लोसपा सांसद लक्षमणलाल कर्णले आफूहरु एमसीसीको विपक्षमा नभएको बताए । लोसपा एमसिसीको विपक्षमा छैन, संसद बैठकमा पेस भए पक्षमा मतदान गर्ने निर्णय भएको छझ कर्णले भने ।यो निर्णयसँगै एमसिसीको पक्षमा उभिने लोसपा दोस्रो दल बनेको छ ।