कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसिसीबारे छलफल हुने
कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसिसीबारे छलफल हुने
    • बेल संचार

    • ६ पुष २०७८, मंगलवार

आज बस्ने प्रतिनिधिसभाको बैठक अघि प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।

बिहान साढे ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभाको बैठकका कार्यसूचि तय गर्नेछ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको समितिको बैठकमा  अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसीबारे छलफल हुने बताइएको छ ।

गत हप्ता एमसिसीले नेपाललाई प्रस्तावित एमसिसी सम्झौता छिटो पारित गर्न आग्रह गरेको थियो ।

गएको मंगलबार अमेरिकाको राजधानी वासिङटन डिसीमा बसेको एमसिसी सञ्चालक समितिको बैठकले एमसिसी–नेपाल कम्प्याक्टको प्रगति विवरण लिँदै चाँडो अनुमोदन गर्न पुनः आग्रह गरेको थियो ।

एमसिसी सम्झौता संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ। एमसिसीलाई लिएर नेपालमा लगातार विरोध हुँदै आएको छ। अहिले जारी संसद अधिवेशनबाट एमसिसी पारित गर्ने तयारीमा सरकार रहेको दाबी गरिएको छ। तर दलहरुबीच अझैसम्म एमसिसीलाई लिएर सहमति जुटेको भने छैन।

साताकाे चर्चित
सम्बन्धित