विश्वभर फैलिँदै गएको कोभिड–१९ (ओमिक्रोन) को कारण भारत र दक्षिण अफ्रिकाबीचको खेलमा दर्शकलाई प्रवेशमा रोक लगाइने भएको छ । दक्षिण अफ्रिकामा तय भएको टेस्ट र एक दिवसीय शृंखला ६ दिनपछि सुरु हुँदैछ । दक्षिण अफ्रिकाले खेलाडी र समर्थकको स्वास्थ्यलाई ध्यानमा राख्दै बन्द रंगशालामा खेल आयोजना हुने जानकारी गराएको हो ।