एमाले अध्यक्ष ओलीसँग चिनियाँ राजदूत यान्छीको भेटवार्ता
एमाले अध्यक्ष ओलीसँग चिनियाँ राजदूत यान्छीको भेटवार्ता
    • बेल संचार

    • ७ पुष २०७८, बुधबार

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन्। राजदूत होउले ओली निवास बालकोट पुगेर सोमबार दिउँसो अध्यक्ष ओलीसँग एक्लै डेढ घण्टा लामो संवाद गरेकी हुन्। एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले चिनियाँ राजदूतले अध्यक्ष ओलीसँग भेट गरेको पुष्टि गरेका छन्। ‘ओली अध्यक्ष निर्वाचित भएपछि चिनियाँ राजदूतसँग पहिलो पटक भेट भयो,’ उनले भने, ‘समसामयिक परिस्थितिबारे छलफल भएको छ। बैठकमा म सहभागी थिइनँ। विस्तृत थाहा बताउन सकिनँ।’

नेपालको संसदमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट अनुमोदनबारे दलहरुबीच मतभेद बढिरहँदा चिनियाँ राजदूतले ओलीलाई भेटेर आफ्ना सरोकार दर्साएकी छन्। यद्यपि त्यसको स्वतन्त्र पुष्टि भएको छैन। विदेश विभाग प्रमुख भट्टराईले भेटमा दुई जनाबीच एमसीसीबारे छलफल नभएको दाबी गरे।

यता एमाले सचेत विशाल भट्टराईले एमाले यथास्थितिमा एमसीसी अनुमोदनको पक्षमा नरहेको स्पस्ट पारिसकेका छन्। उनले एमसीसीबारे सत्तारुढ दल नबोलेसम्म एमालेले आफ्नो धारणा नबनाउने बताएका  छन्।

साताकाे चर्चित
सम्बन्धित