नेपाल भारत सीमा क्षेत्रका दुबै तर्फका १५ जिल्लाका प्रहरी र प्रशासनसंग सम्बद्ध उच्च पदस्थ सुरक्षा अधिकारीहरुको सयुंक्त समन्वय बैठक बुधवार अपरान्ह नेपालगञ्जमा सम्पन्न भएको छ । भारतको उत्तरप्रदेशमा केही महिनापछि हुने विधानसभाको निर्वाचनलाई शान्तिपुर्वक सम्पन्न गर्न तथा सीमावर्ति क्षेत्रका अन्य विषयहरुमा छलफल गर्न भारतीय पक्षको आग्रहमा सो सुरक्षा बैठकको आयोजना गरिएको हो ।
बैठकमा भारतका ७ जिल्ला र नेपालका ८ सीमावर्ति जिल्ला गरी नेपाल–भारतका १५ जिल्लाका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बताए ।