माओवादी प्रदेश १ अध्यक्षमा अर्थमन्त्रीका स्वकीय सचिव नेम्वाङ विजयी
माओवादी प्रदेश १ अध्यक्षमा अर्थमन्त्रीका स्वकीय सचिव नेम्वाङ विजयी

अध्यक्षमा नेम्वाङले १६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँ अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिव समेत हुनुहुन्छ ।

    • बेल संचार

    • ८ पुष २०७८, बिहीबार

विराटनगर

नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी हुनुभएको छ ।

अध्यक्षमा नेम्वाङले १६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँ अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिव समेत हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेता वर्षमान पुन निकटमुक्साहाङ मेन्याङ्बोले ६४ मत ल्याउनुभएको छ । अध्यक्षमा ७ मत बदर भएको थियो ।

तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङ १११, देवान चाम्लिङ १२० र शिवकुमार डाँगी ११३ मत ल्याएर विजयी हुनुभएको छ ।

सचिवमा गणेश उप्रेती १४८ मत ल्याएर विजयी बन्नुभएको छ । उहाँका प्रतिस्पर्धी सिपी कडरियाले ८३ मत मात्रै पाउनुभएको छ ।

तीन सहसचिवमा कुमारी राई ११४, सागर किराँती ७३ र ऋषिराम ढुंगाना ९५ मतल्याएर  विजयी हुनुभएको छ ।  कोषाध्यक्षमा ९३ मतका साथ रेवतराज पुरी विजयी हुनुभएको छ ।

९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए । २९ जनाको उमेदवारी परेको थियो निर्वाचन समितिका संयोजक राजन किरातीले बताउनुभयो ।

तीन उपाध्यक्ष पदका लागि साम्पाङ, डाँगी र चाम्लिङसहित भोगेन्द्र प्रसाद यादव, पुरुषोत्तम चुँडाल, उर्मिला तामाङ, इन्दीरा मिश्र र मोहन बहादुर खत्रीले चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

३ जना सहसचिव पदका लागि भने १३ जनाको उम्मेद्वारी परेको थियो । जसमा ऋषिराम ढुंगाना, कुमारी राई र सागर राई विजयी हुनुभएको छ ।

१ जना कोषाध्यक्षका लागि गगनसहित चार जनाको उम्मेदवारी परेको थियो । जसमा मदनकुमार चुँडाल, रामकुमार कार्की र बन्दना झाँगड रहनुभएको थियो ।

साताकाे चर्चित
सम्बन्धित