नेपालमा पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ५१० जनाको पीसीआर परीक्षणमा २४१ र २ हजार ११६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५२ जना गरी २९३ जनामा कोरोना पुष्टि भएको हाे।
पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८१ पुगेको छ ।
सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २६३ जना संक्रमित निकाे भएको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएकाे छ ।
यस्तै, हाल देशभर पाँच हजार १६१ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।