आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कीर्तिपुरदेखि चन्द्रागिरिसम्म ‘कीर्तिपुर–चन्द्रागिरि’ साहसिक साइकल ट्रेल निर्माण गरिएको छ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा साइकल ट्रेल बनाइएको हो ।
कीर्तिपुर–४ र चन्द्रागिरि–६, ७, ८ र ९ मा निर्माण गरिएको उक्त टे«ल बोसनडाँडादेखि विभिन्न स्थान हुँदै चन्द्रागिरि केवलकारको वेस स्टेशनसम्म पुगेर टुङ्गिन्छ । करिब १५ किलोमिटर लम्बा इको उक्त साइकल ट्रेलको पूर्वमन्त्री तथा सांसद राजनकुमार केसीले आज एक कार्यक्रमका बीच उद्घाटन गरेका छन । उनले कोभिडले पर्यटन क्षेत्र तहसनहस भएको समयमा सञ्चालन भएको यस परियोजनाले पर्यटन मजदुरलाई अल्पकालीन रोजगार प्रदान गर्नुका साथै विभिन्न स्थानमा पर्यटकीय गन्तव्य निर्माण हुनु सकारात्मक भएको बताए । उनले नेपालमा पर्यटनका लागि अथाह सम्भावना र सम्पदा रहेको उल्लेख गर्दै देशको आर्थिक विकासका लागि पर्यटनलाई प्रााथमिकतामा राख्नुपर्नेमा जोड दिए ।