पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई १५० किलोको माला
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई १५० किलोको माला

पर्सा पुगेका अध्यक्ष ओलीलाई बिहीबार जगरनाथपुर गाउँपालिकामा १५० किलोको माला लगाएर स्वागत गरिएको थियो।

    • बेल संचार

    • ९ पुष २०७८, शुक्रबार

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई १५० किलोको माला लगाएर स्वागत गरिएको छ।

पर्सा पुगेका अध्यक्ष ओलीलाई बिहीबार जगरनाथपुर गाउँपालिकामा १५० किलोको माला लगाएर स्वागत गरिएको थियो।

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मन्सुरीलाई नेकपा एमालेमा प्रवेश गराउन ओली त्यहाँ पुगेका थिए। हेलिकप्टर चढेर ओली पर्सा पुगेका थिए।

गाउँपालिका अध्यक्ष मियाँकै अग्रसरतामा अध्यक्ष ओलीलाई माला लगाइएको थियो।  मियाँले २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष जितेका थिए।

साताकाे चर्चित
सम्बन्धित