यस्तो बन्ने भयो माओवादी पदाधिकारी
यस्तो बन्ने भयो माओवादी पदाधिकारी
    • बेल संचार

    • १० पुष २०७८, शनिबार

अब नेकपा (माओवादी केन्द्र)मा १५ जना सम्मको पदाधिकारी बनाउने प्रस्ताव आएको छ । शुक्रवार दोस्रो पटक बसेको पार्टी स्थायी समितिको बैठकमा विधान संसोधन गर्न गठन गरिएको कार्यदलका तर्फबाट १५ जना सम्मको पदाधिकारी सहितको प्रस्ताव पेश भएको हो ।

यस वारेमा माओवादीको स्थायी समितिले कुनै निर्णय लिएको छैन । एक स्थायी समिति सदस्यका अनुसार, एक अध्यक्ष, वरिष्ठसहित सातजना उपाध्यक्ष, एक महासचिव, एक जना उपमहासचिव, तीनजना सचिव र एक जना कोषाध्यक्ष रहने गरी प्रस्ताव गरिएको छ । माओवादी केन्द्रको विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहने गरी वहुपदको ब्यवस्था गरिएपनि उपाध्यक्ष हरु कति हुने भन्ने कुनै संख्या तोकिएको थिएन ।

१५ जनाको पदाधिकारी बनाउने गरी संख्या भने स्थायी कमिटिले पारित नै गरिसकेको छ । तर पदाधिकारीमा कुन पदमा कति संख्या भन्ने विषयमा भने अझै छलफल वाँकी नै रहेको छ । अव बस्ने स्थायी कमिटि बैठकमा त्यसवारेमा निर्णय लिने स्थायी समितिका अर्का एक सदस्यले  बताए ।

साताकाे चर्चित
सम्बन्धित